चाडपर्वमा एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउदा अर्को निःशुल्क

काठमाडौं । सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको अवस्थामा आफ्नो एनआईसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।

उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्यले पनि लाभ उठाउन सक्नेछन् ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३ सय २६ शाखा कार्यालय, १ सय ३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १० हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ ।

२०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरू भन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत् सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया