माछापुछ्रे बैंकले ल्यायो २०–२० स्मार्ट योजना, यस्ता छन् विशेषता

काठमाडौं । स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ ।

चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर सञ्चालनमा ल्याएको हो ।

उक्त अफर योजना अन्तर्गत ग्राहकहरुले माछापुछ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नेछन् । बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म सञ्चालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागी भई क्यास ब्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ । कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिँदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न उक्त २०–२० स्मार्ट योजना सञ्चालनमा ल्याइएकाे बैंकले जनाएकाे छ ।

देशभर रहेका आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५०० बढी पिओएस (POS Machine) मार्फत् ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेकाे माछापुछ्रे बैंकले जनाएकाे छ ।

प्रतिक्रिया