कुमारी बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल र पोखराको टिका रिसोर्टमा आकर्षक छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले पोखराको टिका रिसोर्ट र ल्याण्डमार्क हाेटलमा आकर्षक छुट पाउने भएका छन् । बैंक र टिका रिसोर्ट सुईट्स एण्ड स्पा तथा ल्याण्डमार्क हाेटल बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा विभिन्न होटेल र रिसोर्टहरूको खानपानमा २० प्रतिशत सम्मको, बसाईमा आकर्षक छुट लगायत सोही रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा कुमारी बैंक लेकसाईडकी शाखा प्रबन्धक प्रतीक्षा पोखरेल र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका प्रबन्ध निर्देशक टीका पौडेलले हस्ताक्षर गरेका छन् । उक्त सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल तथा रिसोर्टतर्फ आकर्षण बढ्ने तथा सोही रिसोर्ट बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।

यसैगरी बैंकले काठमाडौंको होटल ल्याण्डमार्कसँग पनि सहकार्य गरेको छ ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३० प्रतिशत, विशेष प्याकेजहरुमा ५ प्रतिशत, खानपानमा १५ प्रतिशतसम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया