प्रदेश नं. ५ को राजधानी विवाद : समितिका संयोजकद्वारा राजीनामा

काठमाडौं । प्रदेश नं. ५ को राजधानी बुटवल हुनुपर्ने जिकिर गर्दै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् ।

शुरुदेखि नै बुटवल राजधानी हुनुपर्ने अडान राख्दै आएका संयोजक श्रेष्ठले राजधानी दाङ तोकिएपछि समितिको संयोजकबाट राजीनामा दिएका हुन् ।

सोमबार (आज) बिहान ७ बजेका लागि बोलाइएको संसदीय दलको बैठक विवादकै कारण अहिलेसम्म बस्न सकेको नसकेको श्रोतले बताएको छ ।

आज प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यसको लागि बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

बुटवल २ (क)बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया