जब ट्रम्प अस्पतालबाट निस्किएर समर्थकहरू सामुन्ने पुगे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन् ।

आफूले ‘आश्चर्यजनक भ्रमण’ गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिए । महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए ।

यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए । डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो ।

ट्रम्पले लिएको शिक्षा
यो एक प्रकारको औषधि हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ । डा. कोन्लीले ट्रम्पलाई कम्तीमा एक पटक अक्सिजन दिइएको बताए ।

ट्वीटमा राष्ट्रपति ट्रम्पले आफ्नो निम्ति साँच्चिकै विद्यालय गए जस्तो भएको बताएका छन् । उनले भनेका छन्, “यो साँच्चिकै विद्यालय जस्तो छ । यो किताबहरूको विद्यालय होइ न्। मैले त्यो पाएँ र बुझेँ । साँच्चिकै चाखलाग्दो यसबारेमा तपाईँहरूलाई जानकारी गराउने छु ।”

उनले कोरोनाभाइरस नियन्त्रणका निम्ति अपनाउनु पर्ने सावधानीको बेवास्ता गरेको भनि निकै आलोचना हुने गरेको थियो । उनले सामाजिक दूरी नराखेको र मास्क नलगाएको तस्बिरहरू देखिने गरेका थिए ।

ट्रम्प सङ्क्रमित भएको कुरा शुक्रवार सार्वजनिक गरिएको थियो जसले उनको चुनावी अभियानलाई अन्योलमा पारिदिएको थियो । उनले नोभेम्बर ३ तारिखमा हुने चुनावमा डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनको सामना गर्नेछन् ।

डाक्टरहरूले के भने ?
वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टर पत्रकार सम्मेलनमा डा. कोन्लीले ट्रम्पलाई कोरोनाभाइरस पोजेटिभ देखिएयता दुई पटक अक्सिजनको मात्रा तल झरेको बताएका थिए ।

उनका अनुसार पहिलो पटक ह्वाइट हाउसमै त्यसो भएको थियो, जब राष्ट्रपतिलाई उच्च ज्वरो आएको थियो । त्यसबेला उनको अक्सिजनको मात्रा ९४ प्रतिशतमा झरेको थियो । जबकी स्वस्थ मान्छेमा त्यो ९५ प्रतिशत वा त्योभन्दा बढी हुन्छ ।

उनले राष्ट्रपतिलाई करिब एक घन्टा अतिरिक्त अक्सिजन दिइएको र त्यसपछि साँझ वाल्टर रीड लगिएको जानकारी दिए । अमेरिकी सञ्चार माध्यमहरूमा व्यापक रूपमा समाचार आइसकेका थिए र डा. कोन्लीले शनिवार बिभिन्न प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका थिए । दोस्रो पटक शनिवार अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा तल झरेपछि उनलाई प्रश्न गरियो ।

तर राष्ट्रपतिलाई अक्सिजन दिए-नदिएकोबारे उनले केहि बताएनन् । तर ‘त्यसो गरिएको भए त्यो निकै सीमित भएको’ जवाफ दिए । उनले चिकित्सकहरूको समूहले राष्ट्रपति ट्रम्पलाई डेक्सामेथासोन दिने निर्णय गरेको बताए । अध्ययनहरूमा उक्त औषधी अस्पताल भर्ना भएका कोभिड-१९ का गम्भीर बिरामीको स्वास्थ्यमा सुधार ल्याउन दिने गरेको देखिएको छ । –बीबीसी

प्रतिक्रिया