नोकिया २.४ एआई—पार्वड क्यामेराको साथ सार्वजनिक

१‍) सिरिजमै पहिलो डुअल क्यामेरा भएको, नाइट मोडका साथ अध्यारोमा पनि विस्तृत विवरण खिच्ने र खिचिसकेपछि पनि पुनःकेन्द्रित बोकेह
२ ) ३ वर्षसम्मको सक्युरिटी अपडेट र दुई वर्षसम्मको एन्ड्रेइड ओएस सफ्टवेयर अप्ग्रेडहरु जसले ब्राण्डबाट तपाईंले विश्वास गर्न सक्ने उत्कृष्ट मुल्य प्रस्ताव गर्दछ
३) फिनिश प्रेरित प्रिमियम जोंडिक डिजाइन र नयाँ आधुनिक रंग, डस्क को सुविधा

काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया फोनले एडभान्स इमेज सुविधासहितको नोकिया २ंं.४ सार्वजनिक गरेको हो ।

नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोडसहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले तपाईंको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ ।
ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्न सकिनेछ । जसमा दुई दिनसम्म टिक्ने ब्याट्री लाइफ रहेको छ । लोकप्रिय एप र गेमहरु लामो समयसम्म ब्याट्रीको चिन्ता बिना नै स्वतन्त्ररुपले मज्जा लिन सकिने छ ।

आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथ तपाईंले सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिनेछ । यसका साथै नोकिया २.४ एन्ड्रोइडमा ३ वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र २ वर्षसम्मको ओएस अपडेट छ । जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट
कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन् । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ ले तपाईलाई अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिन्छ । पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ तपाईंको रचनात्मकता बाहिर ल्याउनुहोस् । नयाँ पोट्रेट इडिटरका साथ तपाईंले तस्वीरहरु खिचेको लामो समय पछि पनि तत्काल शेयर गर्न योग्य बनाउन र अनुपम शटका लागि रिफोकश र सम्पादन गर्न सकिनेछ ।

६.५ इन्चको स्क्रीनमा हेनुहोस्, सिक्नुहोस् र सृजना र दिर्घकालीन मनोरञ्जनको आनन्द लिनुहोस्
सेल्फी नोचका साथ ठुलो एचडी प्लस डिस्प्लेले स्क्रीनलाई अधिकतम बनाउँछ, जसले आफ्नो लोकप्रिय शो मा डुब्न चाहनेहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ । यसका साथै, तपाईंले नोकिया २ दायराबाट अपेक्षा गरेकोे दुई दिनसम्मको ब्याट्री लाइफमा अटल रहन्छ नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ । जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ । यसका लागि एआई—एसिस्टेड एडाप्टिभ ब्याट्रीले गर्दा तपाईंले धेरै समय फोनलाई होइन आफूलाई रिचार्ज गर्नका लागि बिताउन सकिन्ेछ । यसले तपाईंले कुन एप बढि प्रयोग गर्नुहुन्छ भन्ने थाहा पाउँछ र यसका लागि पावरलाई प्राथमिकता दिन्छ ताकि मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सकिनेछ ।

फिनिश रुटबाट प्रेरित टाइमलेस डिजाइन, टिकाउका लागि निर्मित
नोकिया २.४ ले आधुनिक आवश्यक चीजहरु ल्याउँदछ । जस्तै सुविधाजनक फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको साथ तपार्इँको उपकरणमा छिटो र सजीलो पहुँच गर्न तपाईले आफ्नो फोन कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा बहुउपयोगिता प्रदान गर्दछ । यसको फिनिश रुटहरूमा अटल रहँदै, नोकिया २.४ टिकाऊ डिजाइनमा आउँछ जुन केवल राम्रो देखिन मात्र नभएर टिकाउका लागि निर्मित छ । थ्रीडी न्यानो—टेक्स्चर्ड कभर तपाईंको हातमा सुरक्षितरूपले बस्छ र एक आश्चर्यजनक फिनिशका साथ यो नोर्डिक—प्रेरित रंगमा उपलब्ध छ । साथै, पोलीकार्बोनेट शेलको साथ डाइ—कास्ट धातु च्यासिसले तपाईंको फोनमा दृढता मिल्छ र तपाईंले नोकिया फोनबाट अपेक्षा गर्नुहुने आरामदायक महसुस गराउँदछ ।

एन्ड्रोइड ११—का लागि तयार स्मार्टफोनबाट लाभ लिनुहोस्
नोकिया २.४ ले तपाईंलाई एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट वाचा प्रदान गर्दछ । एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा तपाईले तीन बर्षको मासिक सुरक्षा अपडेट र दुई बर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधाहरू र सुरक्षाको मज्जा सुनिश्चित गर्दछ, ताकि तपाईँ आफ्नो फोनबाट अधिक समयको धेरै पाउन सक्नुहन्छ । साथै, आवाज वा समर्पित बटनद्वारा सक्रिय गुगल एसिस्टेन्टको सहयोगबाट जानकारी पहुँच गर्न अझ सजिलो छ ।

मूल्य र उपलब्धता
नोकिया २.४ ग्रे रंगमा २जीबी र्याम र ३२ जीबी रोमका साथ आउँदछ । नोकिया २.४ अब नेपाली बजारमा रु.१४,५९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।

आधिकारी वितरक
नेपालका लागि नोकिया फोनको आधिकारी वितरक टेलि टक रहेको छ ।

प्रतिक्रिया