कर्मचरीलाई कोरोना देखिएपछि बीमा समिति सिल

काठमाडौं । बीमा समितिका कर्मचारीलाई कोरोना पोजेटीभ देखिएपछि बीमा समिति सिल हुने भएको छ । ६ जना कर्मचारीलाई कोरोना पोजेटीभ देखिएपछि बीमा समितिको कार्यालय नै सिल हुने भएको हो ।

समितिमा काम गर्ने ६ जनालाई कोरोना देखिएपछि भोलिदेखि समितिको कार्यालय नै सिल गरिने भएको हो । बीमा समितिको भौतिक संरचना साँघुरो भएका कारण समिति सिल गर्न पर्ने अवस्था आएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

७ दिनका लागि सिल हुने बीमा समितिले सेवाग्राहीलाई भने भोलिबाट वर्क फ्रम हम अर्थात घरबाटै काम गर्नु पर्ने भएको छ ।

 

 

प्रतिक्रिया