आज १४.९१ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १४.९१ अंकले बजार बढेको छ । ०.९५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५८५.९५ अंकमा उक्लिएको हो ।

नेप्सेका अनुसार आज १ सय ९३ कम्पनीका ९८ लाख ६७ हजार ४ सय ३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९२ करोड ६१ लाख ७३ हजार ६ सय ३४ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजारमा उत्साह देखिएको दिन आज शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी किनबेच भयो । शिवम्को २५ करोड ७६ लाख ८४ हजार १ सय ३२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया