मर्जर हुने भएपछि सहारा विकास बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ । मर्जर हुने भएपछि सहारा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने(मर्जर) तथा प्राप्ति (एक्वीजिशन) सम्बन्धी विनियमावली २०७३ को बिनियम ६ (१) बमोजिम सहाराको कारोबार आजबाट रोक्का राख्नु पर्नेमा मर्जर प्रयोजनार्थ पहिलेदेखि कारोबार रोक्का रहेको नेप्से सूचीकरण शाखाका वरिष्ठ अधिकृत कूलचन्द्र रिजालले बताए ।

गरिमा विकास बैंकले सहारालाई प्राप्ति गर्ने बारे शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

 

प्रतिक्रिया