सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपियाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार भने छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया