गण्डकीमा चिकित्सकसहित थप ४३ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा थप ४३ जना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विवरण अनुसार नवलपरासीमा २६ जना, तनहुँमा ९ जना, लमजुङमा ५ जना, गोरखा, बाग्लुङ र स्याङ्जामा एकएक जनामा संक्रमण देखिएको हो । तनहुँका नौ जनानै संक्रमित बीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत कर्मचारी हुन् ।

जसमा चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी छन् । लमजुङका सबैजना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु हुन्। उनीहरु सबैलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भइरहेको छ । आज थप ४३ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ ।

पूरा विवरण हेर्नुहोस् ;-

प्रतिक्रिया