वीपी प्रतिष्ठानको क्वाटरमा एक पुरुषले गरे आत्महत्या

धरान । धरानमा एक ४५ वर्षिय पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । विराटनगर घर भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्वाटरमा बस्ने  मनि कुमार परियारले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिष्ठानको जि २ आवास क्षेत्रको तेस्रो बिल्डिङको तेस्रो तल्लामा रहेका क्वाटरमा उनी साँझ साँढे ६ बजे झ्यालको रड्मा कालो रंगकाे प्लाष्टिकको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

प्रतिष्ठानमा उनकी श्रीमती ज्योति परियार गाईने वाड्को एन्टिनेन्टल हेल्फरको रुपमा कार्यरत रहेकी छन् । इलाका प्रहरी कार्यालयले मृतकको सनाखत गरी थप कारवाही अगाडि बढाईनेछ ।

श्रीमति डिउटीमा र छोराहरु खेल्न गएको बेला घटना भएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । मृतक परियार विगतमा धरानको सुन्दर साउण्ड सर्भिसमा काम गर्दथे ।

प्रतिक्रिया