सुध्रिदैछ मौसम, आज र भोली कुन प्रदेशमा कस्तो छ अवस्था ?

काठमाडौं । वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय प्रणाली रहेकोले हाल देशका प्रदेश १ लगायत अन्य प्रदेशहरुको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्णरूपमा मौसम सफा हुन आगामी केही दिन अझै लाग्ने महाशाखाले जनाएको छ ।

आज शनिबार दिउसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने अनुमान छ । बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

आजराती प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।

गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

भोली आइतबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा सामान्य वर्षाको सम्भावना छ ।

आइतबार राती प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने अनुमान छ ।

 

प्रतिक्रिया