बैंक अफ काठमाण्डू लिमिटेडले ल्यायो ग्रिन पिन सुबिधा

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ ।

यस सुबिधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् ।

नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर“Enter Your OTP” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् ।

यस पश्चात कार्ड बाहकहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक OTP प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको OTP प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नेछन् ।

प्रतिक्रिया