माछापुच्छ्रे बैंक २१ औं वर्षमाः स्मार्ट बैंकमा रुपमा स्थापित

काठमाडौं । बैंकिङ क्षेत्रमा विस्वासिलो ब्राण्ड बन्न सफल भएको माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा बैंकले आफुलाई थप सबल र ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्ने स्मार्ट बैंकको रुपमा आफुलाई उभ्याएको छ ।

ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले नेपालमा नै पहिलो पटट वि च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । यसका साथै बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाइट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहकहरुले स्मार्ट वेवसाइट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

माछापुच्छ्रे बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु सञ्चालनमा ल्याएको छ । बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै Priority Counter पनि सञ्चालनमा ल्याउदैँ छ ।

त्यस्तै गरि वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा १६० औँ शाखा कार्यालय समेत सञ्चालनमा ल्याएको छ ।

अहिलेसम्म बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी २९८ स्थानबाट ग्राहकहरुमा बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । बैंकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया