फ्रेन्चाइज व्यवसाय गर्दै हुनुहुन्छ, साथी मार्टले ल्याएको छ गज्जबको अफर !

काठमाडौं । नेपालमा फ्रेन्चाइज व्यवसाय सुरु भएको खासै धेरै भएको छैन । कुनैपनि ब्राण्ड र कम्पनीहरुको गुणस्तरीय उत्पादनलाई एकै किसिमको आउटलेट, मार्फत आम उपभोक्ता मार्फत पुर्याउने आधारका रुपमा लिइन्छ । फ्रेन्चाइज व्यवसाय राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरका हुन्छन् ।

कुनैपनि ब्राण्ड, प्रोडक्टलाई ब्राण्डिङ गरेर सर्वसुलभ रुपमा उपभोक्ता माझ पुर्याउनु र विस्वसनीयता कायम गर्नु फ्रेन्चाइज मोडलका विशेषता हुन् । यसमा उपभोक्ताले सर्वसुलभ रुपमा आफुले चाहेको ब्राण्डका सामानहरु एकै छानामुनी पाउन सक्छन् ।

विदेशी ब्राण्डहरुको फ्रेन्चाइज नेपाल आएका एक दशक पुगेपछि अहिले लोकल ब्राण्डहरुलाई समेत फ्रेन्चाइज मोडलमा सञ्चालन गर्न थालिएको छ । खाद्यान्न, लत्ताकपडा, पेय पदार्थ देखि विभिन्न प्रकारका विलाशिताका सामानहरु आजभोली फ्रेन्चाइज मोडलमा विक्रिवितरण हुने गरेको छ । राजधानीमा मात्रै एक दर्जन भन्दा बढि कम्पनीहरुले फ्रेन्चाइज मोडलमा व्यापार विस्तार गर्दै आइरहेको सन्दर्भमा पछिल्लो एक वर्ष यता ग्लोसरी अन्र्तगत फ्रेन्चाइज सुरु गरेको कान्छो कम्पनी हो सफल साथी मार्ट

एक वर्षदेखि देशका विभिन्न भागहरुमा फेन्चाइज दिँदै आएको साथी मार्टमा ग्लोसरी, कस्मेटिक्स, खाद्यान्न लगायतका दैनिक उपभोग्यका सामानहरु पाइन्छन् । यसका अलावा स्थानीय तहमा उत्पादित जो साथी मार्टसँग छैनन् ती सामानहरु पनि मार्ट सञ्चालकले विक्रिवितरण गर्न सक्छन् । ‘साथीमार्ट अनलाइन अफलाईन दुवै प्रकारले सञ्चालन गर्न सकिन्छ । निश्चित क्षेत्रमा निश्चित क्षेत्रफल त्यहाँको जनघनत्व हेरेर मात्र हामीले फ्रेन्चाइज दिने गरेका छौं ।’ सफल साथीका सिइओ सागर पोखरेलले भने ।

साथी मार्टमा उपभोक्ताले स्वदेशी तथा विदेशी गुणस्तरीय उपभोग्य वस्तुहरु सर्वसुलभ रेटमा पाउन सक्छन् । परम्परागत रुपमा सञ्चालित पसलहरुमा भन्दा साथी मार्टमा उपलब्ध सामानहरुको मुख्यमा धेरै फरक हुन्छ । ‘हामीले डाइरेक्ट कम्पनीहरुबाट डिलरको मुल्यभन्दा सस्तोमा सामान उठाउने गर्दछौं । डाइरेक्ट कम्पनीबाट सामानहरु ल्याउने हुँदा डिलर अथवा रिटेलरबाट खरिद गरेको भन्दा कम मुल्यमै उपभोक्ताहरुले सामान पाउन सक्नुहुन्छ ।’ पोखरेलको दावी छ ।

कम्पनीले अहिले फ्रेन्चाइज लाई प्राथमिकता दिएको छ । राजधानीमा मात्रै १० वटाभन्दा बढि फ्रेन्चाइज सञ्चालनमा आइसकेको छ । सामान्यतया कसैले कुनैपनि ब्राण्डको फ्रेन्चाइज लिन लाखौं धरौटी बुझाउनु पर्छ । त्यसमाथि विक्रिपछिको मुनाफामा पनि भारी मुल्य तिर्नुपर्छ । साथी मार्टले भने अहिलेका लागि कुनै धरौटीको प्रावधान राखेको छैन । ‘अहिले हामीले देशका विभिन्न शहरहरुमा आफ्नो ब्राण्ड विस्तार गर्ने योजना गरीरहेका छौं । कसैले फ्रेन्चाइज गर्न चाहनुहुन्छ भने तत्कालका लागि धरौटी अथवा रोयल्टी भनेर राखेका छैनौं ।’ पोखरेलले भने ।

साथी मार्टको फ्रेन्चाइज लिनका लागि भने केही शर्तहरु छन् । कसैले साथी मार्टको फ्रेन्चाइज लिनुहुन्छ भने कम्तिमा ३ सय स्क्वायर फिटको कोठा आवश्यक हुन्छ । जनघनत्व बढि भएको स्थान र दैनिक चहलपहल भएको स्थानमा मात्र साथी मार्टले फ्रेन्चाइज दिन्छ । यसका अलावा साथी मार्टले एउटा शाखा र अर्को शाखा तीन किलोमिटर फरकमा मात्र दिन्छ ।
मार्टको लेआउट कम्पनीले तयार गर्न गर्नेछ । त्यसका लागि आवश्यक सामग्रीहरु कम्पनीले उपलब्ध गराउँछ । ‘हामी मार्टमा राख्ने सामानदेखि, मार्ट तयार गर्ने, आउटलेट बनाउने, विलिङ सिष्टमदेखि अनलाइन सिष्टम सबै गरीदिन्छौं । जसले मार्ट चलाउनु हुन्छ उहाँहरुले कोठा हेर्नुपर्यो र आवश्यक जनशक्ति व्यवस्थापन गरेपुग्छ ।’ पोखरेल भन्छन् ।

डिजिटल मार्केटिङ र ब्राण्डिङ

साथी मार्टको फ्रेन्चाइज लिन चाहनेले अनलाईन अफलाइन दुवै लिन सक्छन् । अनलाइन मात्रै गर्छु, अथवा अनलाईन अफलाइन दुवै गर्छु भन्नेले पनि पाउँछन् । कम्पनीले तपाईले चलाउनु भएको मार्टको डिजिटल ब्राण्डिङ आफैं गरिदिन्छ । चाडपर्व तथा विभिन्न अफरहरुमा गर्नुपर्ने प्रचारप्रसारका लागि आवश्यक रणनीति, विज्ञापनहरु तयार गर्ने लगायतका सबै कामहरु कम्पनीले गर्दछ ।

विक्रिपछिको मुनाफा

हरेक कम्पनीले फ्रेन्चाइज दिएपछि विक्रिपछिको निश्चित मुनाफा लिने गर्दछन् । अन्तराष्ट्रिय प्रचलन हेर्दा फ्रेन्चाइजमा मासिक रुपमा विक्रिको तीन देखि ५ प्रतिशत मुनाफा कम्पनीले लिने गरेको छ । तर, साथी मार्टले २ प्रतिशत मात्र मुनाफा लिने गरेको छ । ‘२ प्रतिशत मुनाफा लिएपनि हामीले उहाँहरुलाई दिने काम धेरै हुन्छ । मार्टमा चाहिने सामान उपलब्ध गराउने, डिजिटल मार्केट गर्ने, ब्राण्ड भ्याल्यु बढाउने, ३६५ दिननै कम्पनीको सपोर्ट दिने गर्दछ । मार्ट सञ्चालकले भने मासिक २ देखि आठलाख सम्म मुनाफा लिन सक्ने कम्पनीकाे दावि छ ।

साथी मार्ट फ्रेन्चाइजका फाइदाहरु

१, फ्रेन्चाइजी Mart+online shopping+affiliate+FMCG dealer 4 in 1 योजनामा सञ्चालन हुने ।
२, सम्पुर्ण काम डिजिटल प्रविधिबाट हुने, आफैले चौकिदार जस्तो बिहान देखि बेलुकासम्म पसल कुर्नु नपर्ने र उच्च प्रविधिको प्रयोगले गर्दा आफू जहाँ भएपनि स्टाफको भरमा पसल चल्ने।
३, 4 In 1 भएकोले अन्य साधारण मार्ट वा पसल भन्दा ४गुणा ब्यापार तथा कमाइ हुने।
४, ब्रान्डेड पसल, नेपाल भरी १००० भन्दा बढी पसलको चेन रिटेल मार्ट हुने भएकोले सजिलै स्थानिय बजारमा नम्बर १ हुन सकिने।
५, ब्रान्ड, मार्केटिङ, योजना, नियमीत ट्रेनिङ, मेन्टरसिप, बिज्ञापन, पसल सेटिङ तथा अन्य सम्पुर्ण काम कम्पनीका यस छेत्रमा दसौं वर्ष अनुभवी ब्यक्तिहरु बाट हुनाले टेन्सन फ्री कारोबार तथा आम्दानी हुने।
६, हालको बुकिङमा फ्रेन्चाइजि सुल्क रु २ लाख नलाग्ने।
७, आफ्ना उत्पादन तथा बस्तु हरु कम्पनी सँग सहकार्य गरि नेपाल भरीका फ्रेन्चाइजि तथा बिदेश निर्यात गर्न सकिने।
८, नेपाली उत्पादन लाई प्राथमिकतामा राखेकोले आर्थिक क्रान्तिको अभियन्ता हुने अबसर।
९, देश भरी आफ्नो पहिचान हुने तथा राम्रो फ्रेन्चाइजि र व्यावसायिक सोचले भरिपुर्ण ब्यक्ति लाई कम्पनीको सेयर उपलब्ध गराउने।
१०, भविष्यमुखी ब्यवसाय भयकोले नियमित मासिक कम्तिमा २ लाख देखि ८-१० लाख( मार्टको साइज अनुसार) आम्दानी हुने।
११, फ्रेन्चाइजि टिम वर्क, बिश्वकै उत्कृष्ट र सफल ब्याबसायिक मोडल भयकोले जोखिम नहुने।
१२, 24/7 365 दिननै कम्पनीको सपोर्ट पाइने।
१३, अत्याधिक माग हुने सामान ग्रोसरी, खाद्यवस्तु, FMCG कस्मेटिक, डेरि जस्ता नेपाली तथा बिदेशी १०००० भन्दा बढी भेराइटी सस्तो रेटमा खरिद गरि बिक्री गर्न सकिने ।
१४, कम्पनीबाट सिधै खरिद हुने भएकोले १५ देखि ६० प्रतिशत सम्म मुनाफा हुने।

 

प्रतिक्रिया