बामदेवको मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, बुधबारका लागि तोकियो पेशी

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज पनि बहस नसकिएपछि आउँदो बुधबारको लागि पेशी तोकिएको छ ।

गौतमविरुद्ध परेको ‘संसद सदस्यको अयोग्यता सम्बन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको हो ।

आज इजलासमा गौतमको तर्फबाट पूर्व महान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता प्राडा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, राघवलाल वैद्यलगायतले बहस गरेका छन् ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिट उपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि बिहीबार पनि बहस नसकिएपछि इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमै राखिएको थियो ।

प्रतिक्रिया