सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको छ । हिजो पनि प्रतितोला २ सय रुपियाँले नै सुनको मूल्य घटेको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया