आईपीएल: पञ्जाबमाथि मुम्बईको सहज जित
२०७७ असोज १६ गते

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । गएराती अबुधाबीमा भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।
मुम्बईले दिएको १९२ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएपछि खेल ४८ रनले हारेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनाएको थियो ।
यस खेलमा २० बलमा ४७ रन बनाएका मुम्बईका केरन पोलार्ड खेलको प्लेयरअफ द म्याच बने । योसँगै यस आइपिएलमा मुम्बईले ४ खेलमा २ जित र २ हारसहि ४ अंक बटुलेको छ भने किंग्स इलेभेन पञ्जाबले पनि ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । आईपीएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ ।
२०७७ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








