बाढी पिडीत उद्दार कोषमा प्रभु बैंकको सहयोग

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाको बाढि पिडीत उद्दार कोषमा प्रभु बैंकले पाँच लाख नगद राहत उपलब्ध गराएको छ । आज एक कार्यक्रमका विच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिका लाई वाढीपिडित उद्वार कोषमा रहने गरि रु. पाँच लाख सहयोग प्रदान गरेका हुन् ।

बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिला मन्त्री र भौतिक योजना समेतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरीएको थियो । आज मिति नै बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतबाट बिशेष निरीक्षण पनि भएको थियो ।

बाढी प्रभावित वडा अन्तर्गतका स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रीय बिद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेश सरकारका तर्फबाट बिशेष प्रकारको कार्यालय स्थापना गर्ने जानकारी गराएको थियो ।

बाग्ल्ङमा मात्रै यो वर्ष बाढि पहिरोमा परी करिब ३७ जनाले ज्यान गुमाएका छन् । सो क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर ध्वस्त भएका छन् ।

प्रतिक्रिया