बाढी पहिरो पीडितका लागि प्रभु बैङ्कको पाँच लाख सहयोग 

बागलुङ । बाढी पहिरोबाट क्षतिग्रस्त ढोरपाटन नगरपालिकाका पीडितहरूका लागि प्रभु बैङ्कले पाँच लाख आर्थिक सहयोग गरेको छ । बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकाको बाढीपीडित उद्धार कोषमा रहने गरी आज रु. ५ लाख सहयोग प्रदान गरेका हुन् ।

सोही क्रममा वडा नं. ७, ८ र ९ को  गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले निरीक्षण गरेका हुन् । उनीहरूले त्यहाँका स्थानीहरूसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् । स्थानीयहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरूमा केन्द्रीय विद्युत् प्रसारण लाइनको सेवा पु¥याउने, क्षतविक्षत भएका संरचनाहरूको निर्माणका लागि प्रदेशका तर्फबाट विशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहीका लागि कार्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो क्षेत्रमा बाढी पहिरोले करिब ३७ जनाले ज्यान गुमाएका छन् । यस्तै विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत्, पुल र सय वटा जति घर बाढी पहिरोका कारण ध्वस्त भएका छन् ।

प्रतिक्रिया