सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुनचाँदीको मूल्ये घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया