वीपी प्रतिष्ठानमा इटहरीका संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–६ का ५६ वर्षीय पुरुषको गएराति ९ः४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी विराट मेडिकल कलेज विराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । प्रतिष्ठानमा ल्याउँदा गम्भीर अवस्थामा रहेका उनलाई राति ९ः३० भर्ना गरिएकोमा ९ः४५ बजे मृत्यु भएको थियो ।

असोज १४ गते नै विराट मेडिकल कलेजमा कोरोना देखिएका उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो । शवको नियमानुसार व्यवस्थापन गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया