आइपिएल: राजस्थानमाथि कोलकोताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

कोलकोताले दिएको १७५ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो । राजस्थानका लागि टम कुरानले ३६ बलमा अविजित ५४ रन बनाए भने जस बटलरले २१ रन बनाएका थिए ।

त्यस्तै राहुल तेबातियाले १४ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएनन् । कोलकोताका बलर शिभम माभी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले २-२ विकेट लिए भने सुनिल नारन, कुलदीप यादव र पाट कमिन्सले एक-एक विकेट लिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७४ रन बनाएको थियो । कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए ।

इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक-एक विकेट लिए । आइपिएल अन्तर्गत आज किंग इलेभेन पञ्जाब र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

प्रतिक्रिया