सानिमा बैङ्कको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले चन्द्रपुरमा ८३ औँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सावधानीका उपायहरू अपनाई शाखा सञ्चालनमा आएकोमा मेयर चौधरीले सानिमा बैङ्कलाई धन्यवाद दिएका छन् । चौधरीले सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न पनि आग्रह गरेका हुन् ।

चन्द्रपुर शाखा सञ्चालनमा आएसँगै सो क्षेत्र स्थानीयलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने बैङ्कले जनाएको छ ।

याे सँगै सानिमा बैकको सातै प्रदेशमा ८३ शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. सञ्चालनमा आएका छन् ।

 

प्रतिक्रिया