आज पनि घट्यो शेयर बजार

काठमाडौँ । आज पनि शेयर बजार घटेको छ । सोमबार ४.७३ अंक र मंगलबार हिजो ७.२१ अंकले घटेको शेयर बजार आज ३.१९ अंकले घटेको हो ।

नपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज ०.२१ प्रतिशतले बजार घट्दा परिसूचक १५५०.४३ अंकमा ओर्लिएको छ । आज १९० कम्पनीका ८० लाख १९ हजार ६ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६ सय ९४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो । पुनर्बीमा कम्पनीको ११ करोड २४ लाख ३५ हजार १ सय ३६ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

 

प्रतिक्रिया