अशोक लेलैण्ड र एनएमबि बैङ्क बिच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्ड र एनएमबि बैङ्क बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैङ्कको तर्फबाट सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरूप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरूले एनएमबि बैङ्कबाट योग्य व्यक्ति तथा संस्थाहरूलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरू लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धी  समझौतापत्रमा हस्ताक्षर भएको हो ।

यसै अनुरूप बैङ्कको नीति अनुसार ग्राहकहरूलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका डोस्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तीमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

प्रतिक्रिया