दिगो पर्यटन मार्फत चितवनको विकास विषयमा छलफल

चितवन । पर्यटन दिवसको अवसरमा दुई दिन अघि चितवनको विकासका लागि दिगो पर्यटन विषयक वेबिनार सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथि बक्तारुपमा बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद भुर्तेल, मिलन बाबु श्रेष्ठ, रिना गुरुङ्ग, नेपाल होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश चुके, पर्वतीय खेलकुद महासंघ नेपाल तथा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराई, क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई र पर्यटन विज्ञ विश्व राज सुबेदीको उपस्थिति थियो ।

कार्यक्रममा चितवन तथा चितवन आसपासका क्षेत्रहरुमा सञ्चालन गर्न सकिने पर्यटकीय प्रोडक्टहरुको खोजी तथा खेल पर्यटन मार्फत सो क्षेत्रको प्रवर्धन जस्ता विषयहरुमा छलफल तथा कार्यपत्र प्रस्तुत भएको थियो । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले खेलपर्यटनको प्रवर्धनको लागि स्थानीय तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरीन् ।

बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको आयोजना, नासा फाउन्डेसनको संयोजन र पर्वतीय खेलकुद महसंघ नेपाल, उमेन इन स्पोर्ट्स एण्ड एन्भेञ्चर नेपाल, चितवन पर्यटन विकास समितिको सहयोगमा अनलाइन एप जुम मार्फत उक्त कार्यक्रम गरीएको थियो । ४० जना भन्दा बढीको सहभागितामा शुरु भएको सो कार्यक्रमलाई उमेन इन स्पोर्ट्स एण्ड एन्भेञ्चर नेपाल की अध्यक्ष दुर्गा घिमिरेले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया