मंगलबार सुनकाे मूल्यमा वृद्धि, प्रतिताेला कति पुग्याे ? (मूल्यसहित)

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य मंगलबार पनि बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार साेमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूूल्य आज (मंगलबार) ९ सयले बढेर ९४ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजाबी सुनकाे मूल्य आज प्रतितोलामा ४०० रुपैयाँ बढेर ९३ हजार ७०० मा काराेबार भइरहेकाे छ ।

मंगलबार चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया