यस्ता छन् मन्त्रिपरिषदका निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको जोखिमबाट सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । लकडाउन खोलेको कोरोना भाइरसको जोखिम कम भएर नभइ दैनिक जीवन सहज बनाउनका लागि भएको बताउँदै सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले यसबाट जोगिन सबैलाई अग्रह गरेका छन् ।

सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञवालीले मापदण्ड विपरित पिसिआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्नसमेत आग्रह गरेका छन् ।

उनले घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न अग्रह गरे।

यस्तै सरकारले ग्रामीण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

असोज ८ र ११ गतेको मन्त्रिपरिषद बैठकका निर्णय

असोज ८

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977030351″ /]

 

असोज ११

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977030352″ /]

प्रतिक्रिया