प्रदेश १ मा ८३ कोरोना सङ्क्रमित थपिए, ४४ डिस्चार्ज 

विराटनगर । प्रदेश १ मा आज (सोमबार) ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ  ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७ महिला, ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरि नगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६ महिला १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा सङ्क्रमण देखिएको छ ।

यस्तै ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला, प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५१९ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयकाअनुसार हालसम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया