मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

झिनो अंकले घट्यो शेयर बजार, आज कति भयो कारोबार ?

काठमाडौँ । आज शेयर बजार झिनो अंकले घटेको छ । हिजो ४.२९ अंकले बढेको शेयर बजार आज भने ४.७३ अंकले घटेको हो । आज ०.३० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५६०.८३ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज १ सय ९१ कम्पनीका ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५ सय २५ रुपियाँको कारोबार भएको छ ।

विकास बैंक र वित्त समूहमा मात्रै हरियाली भएको छ । भने बाँकी अरु समूह राताम्मे भएका छन् ।

 

प्रतिकृयाहरु
Loading...