बैंकमा धेरै तरलता हुँदा पनि किन हुँदैछ निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा ?

काठमाडौं । कोरोनाको कारणले उद्योग, कलकारखाना, व्यापार व्यवसायलगायत सबै क्षेत्र बन्द जस्तै छन् । कोरोनाको कारणले सबै क्षेत्र थला परेकाले लगानी बढ्न सकेको छैन । बैंकमा कर्जाको माग कम हुँदा बैंकहरूसँग लगानीयोग्य पूँजी प्रशस्त मात्रामा छ ।

बैंकसँग धेरै मात्रामा पैसा जम्मा हुँदा निक्षेपकर्ताहरूबाट बैंकले अत्यन्तै कम ब्याजदरमा निक्षेप स्वीकार गर्नेे गरेका थिए । कोरोनाको महामारीले थलिएको लगानीका क्षेत्रहरु कर्जा माग नहुँदा पनि अहिले बैंकहरूले निक्षेपको ब्याजदर ९ प्रतिशतसम्म पु¥याएरका छन् । साथै बैंकहरुले निक्षेपमा ब्याजदर वृद्धि प्रचार गरिरहेका छन् ।

बैंकहरुले कल डिपोजिट राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउनुपर्ने कारणले पनि बैंकहरुले निक्षेपमा उच्च ब्याजदर अफर गरिरहेका हुन् । पछिल्लो पटक नबिल बैंकले मुद्दती निक्षेपमा ९ प्रतिशत ब्याजदर सहितको स्किम सार्वजनिक गरेको छ ।

अरू बैंकहरुले पनि निक्षेपको पोर्टफोलियो व्यवस्थापन गर्न निक्षेपमा उच्च दरको ब्याजदरको स्मिक सार्वजनिक गर्ने लागिपरेका छन् ।

कोरोना महामारीको अवस्था भएको कारण पनि राष्ट्र बैंकले उक्त नीतिमा कडाई नगरेको कारण बैंकहरूले छुट पाइरहेका छन् । अवस्था सामान्य हुनासाथ कल डिपोजिट अनुपात १० प्रतिशतमा ल्याउनुपर्ने भएकाले केही बैंकहरूले भने अहिल्यैबाट तयारी थालेका हुन् ।

बैंकले निक्षेपको ब्याजदर बढाएपछि कर्जाको ब्याज पनि बढ्छ । कर्जाको ब्याजबाट कमाएर नै निक्षेपकर्तालाई दिनुपर्ने भएकाले बैंकले ऋणको ब्याजदर पनि केही बढाउँछन् ।

अहिले लगानी गरेको कर्जाको ब्याजदर घटबढ् नहुने भए पछि बैंकले सुरूमा बढी ब्याजदरमा कर्जा लगानी गर्ने नीति अख्तियार गर्न खोजेका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार इन्ट्रेष्ट स्प्रेड ४.४ मा कायम राख्नुपर्छ ।

प्रतिक्रिया