सांसद प्रकाश स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दियो, नर्भिकमा उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको छ ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीका अनुसार स्नेहीको कमुनेर गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया