बडादशैंको लागि सानिमा बैङ्कको निःशुल्क क्रेडिट कार्ड

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैङ्कले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैङ्कमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

यो योजना १२ आश्विन देखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरूमा लागू हुने बैङ्कले जनाएको छ ।

साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बताइएको छ ।

यसै गरी पहिलो ५० जना ग्राहकहरूले अनलाइन सपिङ्ग पोर्टल दराजमा रु. ३,००० बराबरको सामान खरिद गर्दा रु. ५०० को निःशुल्क भौचर समेत प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

 

प्रतिक्रिया