५० लाख बढीको शेयर धितो कर्जा आकर्षक ब्याजदरमा 

 

काठमाडौँ । नबिल बैङ्कले आकर्षक ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैङ्कले नेपाल धितो पत्र बजारमा कारोबार हुने शेयरहरू धितो राखी नबिल बैङ्कबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको हो ।

रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध हुने बैङ्कले जनाएको छ ।

आगामी दशैंको अवसरमा राष्ट्र बैङ्कको मार्ग निर्देशन भित्र रही नबिल बैङ्कका सम्पूर्ण शाखाहरूबाट शेयर धितो कर्जा उपलब्ध गराइने बैङ्कले जानकारी दिएको छ ।

प्रतिक्रिया