प्रदेश १ कोरोना अपडेट : १८१ नयाँ संक्रमित, ३६ डिस्चार्ज

विराटनगर । प्रदेश नं. १ मा आज (आइतबार) १ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च रहेको समाजिक विकास मन्त्रलायले जनाएको छ ।

मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश नं. १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् । मोरङको इटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैँचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १–१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश नं. १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ । प्रदेश नं. १ मा आज नै ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्यूरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आइसोलेशनबाट २ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नं. १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ । प्रदेश नं. १ मा आज ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएकामध्ये ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

हाल सम्म १ लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया