मञ्जरी आयुर्वेद औषधि उद्योगले वडा प्रहरी कार्यालयलाई वितरण गर्‍यो मास्क र सेनिटाईजर

  • सुजाता लिम्बू

विराटनगर । वडा प्रहरी कार्यालय (क)मा मास्क र सेनिटाईजर वितरण गरिएको छ ।

मञ्जरी आयुर्वेद औषधि उद्योगका प्रबन्ध निर्देशक गोपाल काफ्लेले आइतबार (आज) एक कार्यक्रमको आयोजना गरी वडा प्रहरी कार्यालय विराटनगर (क)मा कार्यरत ८० जना प्रहरी कर्मचारीलाई मास्क र सेनिटाईजर वितरण गरेका हुन् ।

निषेधाज्ञा खुलेसँगै भीडभाड बढ्ने भएकाले सुरक्षाकर्मीलाई थप चुनौती हुने भन्दै मास्क र सेनिटाईजर वितरण गरिएको काफ्लेले जानकारी दिए ।

उद्योगको तर्फबाट  विगतका दिनहरुमा पनि नेपाल प्रहरी, ट्राफिक प्रहरीसँगै सर्वसाधारणलाई उक्त स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको काफ्लेले बताए ।

लकडाउनको अन्त्य भएसँगै सुरक्षाकर्मीहरुलाई नियमित चेकजाँच साथै शान्ति सुरक्षाका कार्यलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने भएकाले यस्ता खालका सहयोग साथै हौसलाले प्रहरीलाई नियमित कार्यमा खटिनका लागि थप हौसला मिल्ने वडा प्रहरी कार्यालय (क) का प्रहरी नायब उपरिक्षक दिपक कार्किले बताए ।

प्रतिक्रिया