‘सार्वजनिक गाडी बन्द गरी निजीमा जोरबिजोर प्रणाली लगाऔं, नाकामा सेना खटाई कडा गरौं’

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः सार्वजनिक गाडी बन्द गर्न उपत्यका फोरमले माग गरेको छ । फोरमले उपत्यका छिर्ने नाकामा सेना खटाई निजी गाडीमा जोरबिजोर प्रणली लागू गर्न पनि माग गरेको हो ।

काठमाडौं उपत्यकाका २ महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको हो । आज बसेको फोरमको बैठकले कोरोना संक्रमण कम गर्न यस्तो माग गरेको हो ।

‘काठमाडौं उपत्यकाभित्र खुकुलो बनाउँदै नकामा सेना खटाएर कडाई गर्न संघीय सरकार र तीनवटै जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

फोरमका अध्यक्ष काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेकाले उपाध्यक्ष महर्जनको अध्यक्षता बैठक बसेको थियो ।

कोरोनाको कारण अर्थतन्त्र डामाडोल भएको र सामान्य आर्थिक अवस्था भएका मानिसहरु सडकमा भोकभोकै हिँड्ने अवस्था आएको कारणले सरकारले निषेधाज्ञा खोलेको थियो ।

यसभन्दा अघि निषेधाज्ञा खोल्ने बेला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि दशैंअघि खोल्न नहुने तर्क गर्दाै आएका थिए ।

फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण मृत्युदर तीव्र रुपमा वृद्धि भैरहेको कारणले काठमाडौं उपत्यका मुलुककको राजधानी र घना वस्तीसमेत रहेको स्थान भएकोले उपत्यका प्रवेश नाकामा कडाई गरी नेपाली सेनालाई जिम्मा दिने व्यवस्थाका लागि सम्वन्धित नियकायलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

यता काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्कीले भने सधैं बन्द मात्रै गरेर मात्रै नहुँदै बताउँदै सुरक्षित रहेर व्यापार, व्यवसाय, रोजगारी, उद्योग तथा कलकारखाना सञ्चालन गरेर देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया