आज मात्रै ९ जना मृत अवस्थामा फेला परे

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा मृत अवस्थामा ९ जना फेला परेको जनाएको छ । नेपाल प्रहरीको डेली बुटेलिनका अनुसार आज काठमाडौं महानगरपालिका ३ महाराजगंज बस्ने ८० वर्षीया रुकमणी श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बारा, कलैया उपमहानगरपालिका २४ मनहर्वा बस्ने ४५ वर्षीय महेन्द्र चौधरी जितपुर सिमरा उपमहानगरपालिका १८ बडर्हवास्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, तिरहुत गाउँपालिका २ मैनाकडेरी बस्ने ५० वर्षीया दायमन देवी यादव घरको आँगनमा रहेको शौचालय नजिक शनिबार मृत अवस्थामा फेला परेकी छन् । भने, दाङ, राप्ती गाउँपालिका ३ खुरुरियास्थित राप्ती नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता रुपन्देही, देवदह नगरपालिका १२ पुरुषोतमपुरको रोहिणी खोला किनारमा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । बर्दिया, ठाकुरबाबा नगरपालिका ८ बाहुनपुर बस्ने २५ वर्षीय डिल्ली दमाई सोही नगरपालिका ८ सुखाड सुतैया सामुदायिक वनस्थित डुङ्गा खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, मलगंवा नगरपालिका ६ सुखैनिया टोल बस्ने ५० वर्षीय चन्द्र किशोर पासवान आफ्नै खेतमा जमेको पानीमा शनिबार मृत अवस्थामा पेला परेका छन् ।

यता नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका ६ स्थित पुरानो भन्सार कार्यालयको दक्षिणतर्फ कोठामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया