नापी कार्यालय खैरहनीको सेवा बन्द

काठमाडौं । कोरोना संक्रमणका कारण कर्मचारीको मृत्यु भएपछि नापी कार्यालय खैरहनीको सेवा बन्द गरिएको छ । त्यस कार्यालयका एक कर्मचारीको शुक्रबार राती मृत्यु भए पनि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिए पछि शुक्रबार चितवन मेडिकल कलेजमा उनलाइ भर्ना गरिएको थियो । उनमा मिर्गौला र स्वास प्रस्वासको समस्या थियो । दार्चुला स्थायी घर भएका उनी हाल खैरहनी २ मा बस्दै आएका थिए ।

३० बर्षिय ती कर्मचारीमा मृत्यु पछि कोरोना पुष्टि भएकाले कार्यालय आगामी १६ गते सम्मका लागि बन्द गरिएको नापी कार्यालय खैरहनीका प्रमुख प्रभु कोइरीले जानकारी दिए । कार्यालय बन्द गरिएपछि ती मृतक कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेका ७ जना कर्मचारी क्वारेन्टाइनमा बसेको कार्यालय प्रमुख कोइरीले बताए ।

उनिहरु खैरहनीको राधा स्वामी ब्यास नेपालमा बनाइएको क्वारेन्टाइनमा बसेका हुन । झन्डै तीन बर्ष देखि खैरहनी बस्दै आएका ती मृतक कर्मचारी मिलनसार, सहयोगी र मिजासिली रहेको कार्यालय प्रमुख कोइरीले बताए ।

प्रतिक्रिया