भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

काठमाडौं । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका सिंहको आज बिहान ८२ वर्षको उमेरमा निधन भएको हो ।

सिंह २०१४ मा बाथरुममा लडेर टाउकोमा चोट लागेपछि कोमामा गएका थिए । बीबीसी हिन्दीका अनुसार सिंहले राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया