वीपी कोभिड अस्पतालमा राजविराजका ६३ वर्षिय बृद्धको मृत्यु

धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । उनको गएराती साँढे १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सप्तरी राजविराज ३ का ६३ वर्षिय बृद्धको उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

उनलाई विराट मेडिकल कलेजले प्रतिष्ठान रेफर गरेको थियो । ज्वरो, खोकी तथा स्वासप्रस्वासमा कठिन भएर असोज ८ गते प्रतिष्ठान आएका उनको सोहि दिन पिसिआर गरिएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा गएराती उनको निधन भएको हो । हाल शवको व्यवस्थापन नियमानुसार भइरहेको छ ।

याेसँगै प्रतिष्ठानमा मृत्यु हुने कुल काेराेना संक्रमितहरुको संख्या ३४ पुगेको छ ।

प्रतिक्रिया