राजकुमार खालिफाको टोली खुम्बुतिर लम्कियो

सोलुखुम्बु । हिमाल आरोहण गर्न नेपाल आएको बहराइनका राजकुमार मोहम्मद हमद अल खालिफाको टोली सोलुखुम्बु पुगेको छ ।

खालिफासहित ५ जना कैलाश हेलिकोप्टरमार्फत् लुक्ला पुगेर खुम्बुतिर गएको हो । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले मकालु खबरलाई बताएअनुसार टोली लुक्लाबाट हिँडिसकेको छ ।

“राजकुमार खालिफाको टोली लुक्ला हुँदै माथि लागेको छ । आज बिहान उनीहरु उँभो लागेका हुन् ।” मकालु खबरको जिज्ञासामा अधिकारी सुवेदीले भनिन्, ‘उहाँहरु खुम्बु पस्नुभएको छ ।’

यो टोलीले मनास्लु र लोबुचे हिमाल आरोहण गर्नेछन् । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

प्रतिक्रिया