सांग्रिला बैंकका ऋणी ग्राहकहरूले ब्याज रकममा पाउनेछन् १२ प्रतिशत छुट

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकहरूलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने भएकाे छ ।

काेभिड १९ महामारीबाट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै  बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको बैंकले जनाएकाे छ ।

बैंकका ऋणी ग्राहकहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गर्नुभएमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार यसरी ग्राहकहरुलाई ब्याज रकममा छुट दिँदा २०७७ असार मसान्तसम्मको बैंकको आधार दर (Base Rate) भन्दा कम नहुने गरी छुट दिइने छ । ब्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने बैंककाे भनाइ छ ।

प्रतिक्रिया