नबिल बैङ्कद्वारा ‘नबिल ग्रिन पिन’ सेवाको शुभारम्भ, अब पिन बिर्सिए ग्राहक आफैले रिसेट गर्न सकिने

काठमाडौँ । नबिल बैङ्कले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरूलाई सहज र सुरक्षित रूपमा बैङ्कको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुविधा प्रदान गर्न बैङ्कले ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेको हो ।

नयाँ पद्धतिको बैंकिङ्ग सेवा र सुविधा आफ्ना ग्राहकलाई उपलब्ध गराउन नबिल बैङ्कले ग्रिन पिन सेवा मार्फत नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पुराना ग्राहकलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुविधा प्रदान गरेको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहकले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैङ्क शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिइरहनु पर्दैन । अब ग्राहक महानुभावहरूले नजिकैको नबिल बैङ्कको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

 

प्रतिक्रिया