नबिल र कामना सेवाबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता

काठमाडौँ । नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड कामना सेवा विकास बैङ्क लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड  र नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त कामना सेवा विकास बैङ्क लिमिटेड बिच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा कामना सेवा विकास बैङ्क लिमिटेडको तर्फबाट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कामना सेवा विकास बैङ्कले संस्थागत परामर्श सेवा सम्बन्धी सेवाहरू यस कम्पनीबाट प्राप्त गर्ने छ ।

२०७४ चैतबाट नेपाल धितो पत्र बोर्डले लाइसेन्स दिएपछि संस्थागत परामर्श सेवाको औपचारिक सुरुवात भएको हो । नेपालमा नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडले धितो पत्र बोर्डबाट अनुमति लिएर यो सेवा प्रदान गरिरहेको छ ।

संस्थागत परामर्शदाताको रूपमा नबिलबाट कामनाले  सङ्गठित संस्थाको संरचना हेरफेर, प्राइभेट इक्विटी, मूल्याङ्कन, हेज फण्ड,  व्यावसायिक योजना, सम्पत्ति व्यवस्थापन, लोन सिन्डिकेशन, मर्जर तथा एक्युजिसन,  वर्किन क्यापिटल फाइनान्ससङ, लगानी सम्बन्धी परामर्श, भेन्चर क्यापिटल, प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सेवा प्राप्त गर्ने भएको छ ।

प्रतिक्रिया