ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघबीच सम्झौता, सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपाल बीच सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने तथा सरल बैकिङ्ग कारोबारको पहुंचका लागि सम्झौता भएको छ ।

महासंघसँग आबद्ध नेपाल भर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुंच भित्र ल्याउने विषय सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।

होटल व्यवसायी महासंघ नेपालसँग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पु¥याउन तथा हाल कोभिड–१९बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु¥याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

साथै महासंघसँग आवद्ध व्यवसायीहरुको लागि बैंकले आवश्यकता अनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसँग आवद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको बताएको छ ।

प्रतिक्रिया