सोच्नुस् ! चाडपर्व मनाउन गाउँ जाँदा कोरोना त लाँदै हुनुहुन्न ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व मनाउन आफ्नो गाउँ जादा कोरोना फैलाउन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कूल संक्रमित मध्ये ५० प्रतिशत संक्रमित थपिइरहेको र नजिकिँदो दशैंले यसलाई गाउँ गाउँमा पुर्याउने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

‘विभिन्न शहरबाट आफ्ना बुबा, आमा, हजुरबा र हजुरआमासँग आशिर्वाद लिन जाने क्रममा कतै कोरोना कोशेली त बोकेर जाँदैछैनौ ? भनेर सोच्ने बेला आएको छ,’ प्रवक्ता गौतमले भने ।

भीडभाडमा संक्रमण बढ्ने संभावना हुन्छ । स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण सर्ने जोखिम बढी हुन्छ । कोरोना संक्रमण भइसकेपछि पछुताउनुभन्दा लाग्नबाट बच्न र बचाउन गौतमले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया