सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने

काठमाडौं । सनराइज बैंकले डिजिटल टेलर सेवा सुरु गरेको छ । सो सेवा शुरु भएसँगै अब बैंकबाट चेक तथा एटिएम कार्ड नभएपनि बैंक खाताबाट नगद झिक्न सकिने भएको हो । बैंकले आफ्नो काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकमा खाता हुने सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोडस्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् । पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया